पाडुखाेलामा पाइएकाे राजा अशाेक चल्लकाे समयकाे अभिलेखसहित खम्बा

नेपालकाे पश्चिमी भूक्षेत्रमा पर्ने कर्णाली प्रदेशलाई एेतिहासिक रुपमा खशान क्षेत्र पनि भनिन्छ । इश्वीकाे बाह्राैं शताब्दीमा तिब्बतकाे डारि प्रदेशका राजा नागराजले अाफ्नाे राज्य विस्तार गर्दै यस क्षेत्रमा अाइपुगेकाे र यहाँका ससाना राज्यहरूलाइ जितेर एउटा विशाल साम्राज्यकाे निर्माण गरेका थिए । यस नयाँ साम्राज्यकाे पहिलाे राजधानी सिंजा र पछि दुल्लूमा स्थापना गरिएकाे थियाे । इतिहासमा याे खश साम्राज्य नामबाट चिनिन्छ । याे पन्ध्राैं शताब्दीसम्म रह्याे ।

खश साम्राज्य नै विघटन भएर बाइसे-चाैबिसे राज्यहरूकाे उदय हुन पुगेकाे थियाे । नेपालकाे इतिहासमा याे अध्ययनकाे महत्वपूर्ण क्षेत्र हाे ।

खश साम्राज्य मुलतः बाैद्ध साम्राज्य थियाे र तत्कालीन अवस्थामा याे साम्राज्य बाैद्ध धर्मकाे संरक्षकका रूपमा पनि देखा पर्दछ । बाैद्ध इतिहासकाे सन्दर्भमा एक चरणकाे अध्ययन सम्पन्न गरेर अनेकाैं लेख तथा एउटा पुस्तक ‘खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन’ प्रकाशन गरिसकेकाे छु ।यहाँ थप अध्ययनका अनेकाैं सामग्रीहरू प्राप्त भएका छन् भने अनेकाैं संभावनाहरू अझै पनि छन् । थप अध्ययनमा व्यक्तिगत स्तरबाट लागिरहेकाे पनि लामाे समय भइसकेकाे छ र यस क्रममा विभिन्न गाेष्ठी, सेमिनार तथा छलफल कार्यक्रमहरूमा सहभागी हुँदै अाइरहेकाे छु ।

Leave a Reply

Your email address will not be published.