गाैतम बुद्धकाे जन्म इ.पू. ५६३ मा लुम्बिनी भएकाे थियाे । उनकाे गृहनगर यस स्थलबाट ३० किलाेमिटर पश्चिम कपिलवस्तुमा पर्दछ । यसरी नै उनकाे मावली घर तत्कालिन काेलीय राज्य लुम्बिनीभन्दा पूर्वमा पर्दछ । उनले २९ वर्षकाे उमेरसम्म गृहस्थी जीवन अपनाएका थिए ।

महाभिनिष्क्रमणा गरी अनेकाैं ठाउँ पुगेका उनले ३५ वर्षकाे उमेरमा भारतकाे बाेधगयामा बुद्धत्व लाभ गरेर बुद्ध बनेका थिए । बुद्धत्व लाभपछि उनी ४५ वर्षसम्म जीवित थिए र अनेकाैं ठाउँकाे यात्रा गरी अाफूले प्राप्त गरेकाे ज्ञान फैलाएका थिए ।

बुद्धसँग सम्बिन्धत ती ठाउँहरू अहिले विश्वभरका बाैद्धजनका लागि तीर्थस्थल बनेका छन् । र यी ठाउँहरूका बारेमा विभिन्न अध्ययनअनुसन्धान हुँदै गरेकाे पाइन्छ । मैंले बुद्धकाे जन्मस्थल लुम्बिनीकाे एतिहासिक तथा पुरातात्विक दृष्टिले अध्ययन गरी दुइ वटा पुस्तक सयाैं लेखहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित गराइसकेकाे छु ।

नालन्दा महाविहारकाे पुरातात्विक खण्डहरमेराे अध्ययन बुद्धकाे जन्मस्थल लुम्बिनीमा मात्रै सीमित नभएर अन्य क्षेत्रहरूकाे पनि उत्तिकै चासाे राखेर गृहनगर कपिलवस्तु, मावलीघर देवदहलगायत वर्तमानमा भारतका अनेकाैं स्थलहरूमा छरिएर रहेका बाेधगया, सारनाथ, कुशीनगर, नालन्दा, वैशाली, श्रावस्ती, संकास्यकाे पनि अध्ययन पनि गरिरहेकाे छु ।

Leave a Reply

Your email address will not be published.