ज्ञानविज्ञानका अनेकाैं क्षेत्रमध्ये एक हाे, पुरातत्त्व । पुरातत्त्व दुई बेग्लाबेग्लै शब्द मिलेर बनेकाे शब्द छ, पुरा र तत्त्व । पुराकाे अर्थ हाे, पुरानाे, अनि तत्वकाे अर्थ हाे ज्ञान । अर्थात्, पुरानाे वा पुरातन कुराकाे अध्ययन गर्ने विज्ञान नै पुरातत्व हाे । पुरातत्त्वकाे अङ्ग्रेजी पर्यायवाची ‘आर्कियाेलाेजी’ हाे । यूनानी भाषाका दुई शब्द ‘आर्कियाेस’ (Archaios) र ‘लाेगाेस’ (Logos) मिलेर बनेकाे हाे । आर्कियाेसकाे अर्थ पुरातन र लाेगाेसकाे अर्थ ज्ञान हाे । यसअनुसार ‘आर्कियाेलाेजी’ काे अर्थ पनि पुरानाे ज्ञानकाे अध्ययन नै हुन्छ ।

व्यवस्थित शास्त्रकाे रूपमा पुरातत्वकाे विकास अठाराैं शताब्दीमा पाश्चात्य जगतबाट भएकाे हाे । भारतीय भूमिमा ब्रिटिश साम्राज्यकाे विकाससँगै पुरातत्व विज्ञानकाे पनि विकास भयाे । नेपालमा यसकाे प्रवेश भारतमार्फत बेलायतबाट भएकाे हाे ।

नेपालमा पुरातात्विक अध्ययन प्राचीन बाैद्ध स्थलहरूकाे खाेजी गर्ने क्रममा भयाे । भारतस्थित पुराविदहरूकाे खाेजी गाैतम बुद्धकाे जन्मस्थल थियाे । बुद्धसँग सम्बन्धित विभिन्न ठाउँहरूकाे प्राप्ती एकपछि अर्काे हुँदै थियाे र अनेकाैं ठाउँमा प्राचिन लु्म्बिनी हुनसक्ने अनुमान गरि अध्ययन भइरहेकाे थियाे । उस बेला प्राचिन लुम्बिनीका सम्बन्धमा ठुलै विवाद र बहस हुँदै थियाे । केही सुचनाका अाधारमा लुम्बिनीकाे खाेजी गर्दै सन् १८९५ मा डा. ए. फूहरर नेपाल सरहदमा पर्ने निगलीहवा भन्ने ठाउँमा अाइपुगे । उनले त्यहाँ अशाेक स्तम्भ र त्यसमा रहेकाे अभिलेख देखे । साे अभिलेखकाे अाधारमा प्राचिन शाक्य गणराज्यकाे पहिचान भयाे । उक्त गणराज्यकाे राजधानी कपिलवस्तु हाे । यही कपिलवस्तु गाैतम बुद्धकाे गृहनगर हाे । यदि निगलीहवा कपिलवस्तु हाे भने, अब स्पष्ट भयाे, याे क्षेत्रभन्दा पश्चिम निश्चित दूरीमा बुद्धकाे जन्मस्थल लुम्बिनी पर्दछ ।

अर्काे साल डा. फूहरर पुनः लुम्बनीकै खाेजीमा नेपाल सरहद पसे । त्यहाँ अभिलेखसहित अशाेक स्तम्भ भेटिए अर्थात् विश्वका लागि लुम्बिनीकाे डिस्कभरी भयाे । त्यसपछि लुम्बिनी र कपिलवस्तु मात्रै नभएर अन्य ठाउँहरूकाे पनि अध्ययन तथा उत्खनन् भयाे । यही अध्ययनका लागि पुरातत्व विभाग पनि स्थापना गरियाे । पछि त्रिभुवन विश्वविद्यालयमा यससम्बन्धी आैपचारिक रूपमा उच्चशिक्षा नै संचालन भयाे । मैले पुरातत्वकाे अध्ययन यही विश्वविद्यालयबाट गरेकाे हुँ । स्नातकाेत्तरका विद्यार्थीले अनिवार्य रूपमा एउटा विषयमा शाेधकार्य गरेर बुझाउनु पर्ने नियमअनुसार मैले मेराे शाेधविषय लुम्बिनीकाे पुरातात्विक उत्खननहरूकाे अध्ययनलाइ बनाएँ । पछि साे शाेधकार्य पुस्तकका रूपमा लुम्बिनीः एेतिहासिक तथा पुरातात्त्विक अध्ययन शीर्षकमा प्रकाशित भयाे । लुम्बिनीलगायत अन्य क्षेत्रकाे पुरातत्त्वका सम्बन्धमा अध्ययन तथा लेखन कार्य आजभाेलि सक्रीय छु ।

हामी इतिहासकाे कुरा धेरै गर्छाैं, तर इतिहासलाइ पनि ठाेस रूपमा प्रमाणित गर्ने काम पुरातत्व विज्ञानले गरेकाे हुन्छ । विभिन्न विज्ञानकाे सहायताले पुरातत्व शास्त्रले अाफ्नाे अध्ययन कार्य अगाडि बढाउने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *