
नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरूकाे राष्ट्रिय संगठन हाे। २०५२ सालदेखि म महासंघकाे सदस्य छु । एक पल्ट पार्षद् पनि बनें । काठमाडाैं शाखाकाे निर्वाचित सदस्य पनि बनें ।
नेपाल पत्रकार महासंघ, काठमाडाैं शाखाकाे महाधिवेशन हुनु नै तत्कालिन परिस्थितिमा राष्ट्रिय राजनीतिकाे चासाेकाे विषय बनेकाे थियाे । कारण, लाेकतान्त्रिक भावना र अभ्यासलाइ कुण्ठित गरेर तत्कालीन राजा ज्ञानेन्द्रले निर्वाचित सरकारलाइ अपदस्त गरी सबै अधिकार अाफ्नाे हातमा लिएकाे समय थियाे । महासंघ राजाकाे उक्त कदमविरूद्ध नागरिक समाजसँग सहकार्यमा थियाे ।
यसैबीच अन्य शाखाहरूकाे जस्तै काठमाडाैं शाखाकाे पनि अधिवेशन भयाे । सबैभन्दा बढी सदस्य संख्या भएकाे र राजधानीमा नै रहेकाले पनि हुनसक्छ, धेरैकाे चासाे यसमा थियाे । यसमा अाउने नयाँ नेतृत्व र काम गराइले पनि अर्थ राख्दथ्याे । म कार्य समितिकाे सदस्य पदमा उमेदवार थिएँ र जितें पनि ।

राजा ज्ञानेन्द्रकाे कदमले पूरै देशमा राजनीतिक ध्रूवीकरण आएकाे थियाे । पत्रकारिता जगत मात्र अछुताे रहने कुरा भएन । हाम्राे निर्वाचनकाे नतिजापछि निश्चिन्त भयाे, काठमाडाैं शाखालाइ सुचारू रूपमा अगाडि लान सकिँदैन । नेतृत्वमा राजा पक्ष थियाे । धेरै कुरामा हामी सहमतिमा अाउन सक्दैनथ्याैं । बैठककाे माइन्यूट बुकमा ‘नाेटअफ डिसेन्ट’ लेख्नु पर्ने अवस्था पनि आयाे, लेखियाे पनि ।
कार्य समितिमा पदाधिकारीबीचकाे विवाद बढ्दै गएपछि त्याे विवाद बाहिर सडकसम्म पुग्याे । कार्यसमितिकाे अस्तित्वलाइ ठाडै अस्वीकार गरी एउटा कार्यक्रम कमलपाेखरीकाे कुनै एउटा हाेटेलमा तय गरिएकाे थियाे । कार्यक्रमस्थलकाे प्रवेशद्वारमै कालाे झण्डा देखाएर बिराेध गर्नुका साथै बाधा पुर्याएर स्थगत समेत गरायाैं । साेही दिन भृकुटी मण्डपस्थित कार्यालयमा तालाबन्दी गर्याैं । यही विवादका बीच महासंघकाे केन्द्रीय नेतृत्वबाट शाखाकाे अध्यक्षमाथि कारवाहीस्वरूप निलम्बन गर्याे । उपाध्यक्षलाइ का.वा. अध्यक्ष बनाइ संस्थालाइ निरन्तरता दिँदै गर्याैं ।

सत्ता राजनीतिकाे कालाे छायाँ हर क्षेत्रमा पार्न खाेजिन्थ्याे र त्यसकाे प्रतिकार कसरी हुन्छ भन्ने कुरामा धेरैकाे ध्यान जान्थ्याे । भलै जिल्ला शाखा हाे, तर काठमाडाैं शाखाकाे हरेक कृयाकलापलाई पत्रकारिता क्षेत्रबाहेक अरू क्षेत्रले पनि चासाे दिन्थ्याे ।
आजभाेलि म पत्रकार महासंघमा साधारण सदस्य मात्रै ।