बाैद्ध धर्म-दर्शनका सवालमा कतिपयले याे अध्ययन अनुसन्धान तथा लेखनकाे विषय हाेइन, अभ्यासकाे विषय हाे भन्ने गरेकाे पाइन्छ । याे भनाइमा असहमत हुने ठाउँ छैन पनि । तर अभ्यास कसरी गर्ने त भन्ने प्रश्नमा लेखन, प्राध्यापन तथा अध्ययन-अनुसन्धानकाे कुरालाइ नकार्न सकिन्न । लेखन, प्राध्यापन तथा अध्ययनअनुसन्धान केही गर्नु पर्दैन तर अभ्यास मात्रै गरे पुग्छ वा गर्छु भन्नु जग नहाली घर बनाउँछु भनेजस्तै हाे ।

बाैद्ध धर्म-दर्शनकाे अभ्यास गर्नका लागि अध्ययन र अनुसन्धानकाे  नितान्त जरूरी हुन्छ अनि के अभ्यास गर्ने भनेर बुझ्न सजिलाे हुन्छ । यसका लागि लेखनकाे महत्व पनि उत्तिकै हुन्छ ।

बाैद्ध अध्ययनमा म अध्ययन-अनुसन्धानका साथै लेखन कार्यमा पनि संलग्न छु । बाैद्ध विषयका लेखहरू विभिन्न पत्रपत्रिकामा म नियमित रूपमा लेखिरहेकाे छु र पुस्तक पनि प्रकाशित छन् । साथै बाैद्ध अध्ययनसँग सम्बन्धित विषयवस्तुका प्रवचन, अन्तर्क्रिया, छलफल, सेमिनार-गाेष्ठी अादिमा सहभागी हुनाका साथै संचारकर्मीहरूलाइ अन्तर्वार्ता पनि दिइरहेकाे हुन्छु । यी कुराहरू अभ्यासका लागि पूर्वाधार हुन् ।

लुम्बिनी बाैद्ध विश्वविद्यालयसँग सम्बन्धन प्राप्त लाेटस एकेडेमिक कलेजमा विगत सात वर्षअघिदेखि प्राध्यापन पनि गर्दै अाइरहेकाे छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *