मेराे पहिलाे पुस्तक लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन सन् सन् २००५ मा प्रकाशित भएकाे हाे । लुम्बिनी बाैद्ध विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा.डा. तुलसीराम वैद्यद्वारा विमाेचित साे विमाेचन कार्यक्रममा नेपाली इतिहास, संस्कृति र पुरातत्व केन्द्रीय विभाग (त्रिवि) का प्रमुख प्रा.डा. मुकुन्दराज अर्याल, नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास, त्रिवि) का कार्यकारी निर्देशक प्रा. निर्मलमान तुलाधरले पनि बाेल्नु भएकाे थियाे ।
