गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेको हो भनेर प्रमाणित गर्ने एउटै मात्र आधार पुरातात्विक अवशेषहरू हुन् । यसको अभावमा कुनै बेला बुद्धको जन्मस्थलको अनुमान अन्यत्र नै गरिएको थियो । कसैले नेपालमा जन्मेको भन्ने अनुमान गरेकै भएपनि त्यसको आधार हुन्नथ्यो, विवाद कायमै हुन्थ्यो । तर सन् १८९६ मा अशोकस्तम्भमा रहेको अभिलेख भेटियो, लुम्बिनी अन्यत्र होइन, नेपालमा नै पर्दछ भन्ने कुरा यसबाट छर्लङ्ग भयो । अभिलेखमा यहाँ शाक्यमुनि बुद्ध जन्मेको भन्ने कुरा मात्रै छैन, यो ठाउँको नाउँ लुम्बिनी भनेर पनि उल्लेख भएको छ । पुस्तकमा लुम्बिनीस्थित पुरातात्विक अवशेषहरूको कालक्रमिक अध्ययन गरिएको छ ।
मूल्यः ६००/- (हार्डकभर)