बुद्धको जीवनी मात्र थाहा पाउँदा पनि धर्मका धेरै कुराहरू थाहा पाइने हुन्छ । यही भएर मान्छेहरू बुद्धको जीवनी पनि पढ्न मन पराउँछन् । बुद्धका जीवनी पुस्तकहरू धेरै थरीका प्रकाशित छन् तर सबैले एउटा विवरण दिएको पाइँदैन । कसैले अलौकिक पक्षमा जोड दिएका छन् भने कसैले जनमानसलाई रोचक हुने कुराहरू पस्कने क्रममा अन्य चरित्रका कुराहरू बुद्धसँग जोड्न ल्याउने गरेको पनि पाइन्छ । इन्साइट पब्लिकेशनबाट प्रकाशित जीवनी पुस्तक ‘गौतम बुद्ध’ मा प्राचीन बौद्ध वाङमयहरूमा आधारित भई पछि थपिएका कुराहरू केलाएर हटाउने काम भएको छ । पुस्तक लेखनका क्रममा ती मौलिक वाङमयमा आधारित भई ऐतिहासिक तथा पुरातात्विक प्रमाणहरू खोज्ने काम भएको छ ।

 

मूल्यः ३००/-

Leave a Reply

Your email address will not be published. Required fields are marked *