बुद्धकालिन समयमा महिलाप्रतिको धारणा भन्नु र महिलाप्रति बुद्धको धारणा भन्नु एउटै कुरा होइन । वैदिक मान्यताअनुसार समाजमा महिलाको स्थान बेग्लै थियो र वैदिकहरू त्यसको औचित्य साबित गर्न खोज्दथे । बुद्ध पनि सुरुमा महिलालाई प्रव्रज्या दिने पक्षमा थिएनन् तसर्थ महिलालाई भिक्षुणी नबनाई भिक्षु संघको मात्रै संचालन गरिरहेका थिए । तर पछि महिला वर्गको व्यापक दवावका कारण भिक्षुणी संघको स्थापना भयो । महिलालाई प्रव्रज्या दिन अनिच्छुक भएकै प्रसंग झिकेर गैरबौद्धहरू बुद्ध महिलामाथि पक्षपात गर्दथे वा महिलाका सम्बन्धमा बुद्ध उदार थिएनन् भन्ने आरोप लगाउने वा खिसी गर्छन् । तर वास्तविकता उक्त आरोपभन्दा निकै टाढा रहेको छ । धर्मको सवालमा महिला र पुरुषबीच कुनै फरक नभएको, समान रुपमा धर्मलाभ गर्न सक्छन् भन्ने उद्घोष गर्ने गौतम बुद्ध नै हुन् । यस अनुसार थुप्रै महिला भिक्षुणी भई धर्मलाभी बनेका थिए ।
मूल्यः १५०/-

काठमाडाैंमा पुस्तक पाइने मुख्य पसलहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *