कुनै पनि व्यक्ति जब समष्टिका लागि महत्वपूर्ण हुन्छन्, उनका बारेमा विभिन्न थरीका कथाकहानी तथा किम्बदन्ती तथा लोकोक्तिहरूको सिर्जना हुन थाल्छन् । अनि मान्छेहरू उनका बारेमा बढाइचढाइ कुरा गर्न थाल्छन्, जुन नौलो होइन । यसबाट वास्तविकता ओझेलमा पर्ने मात्रै नभएर विकृति नै बढाइदिने र समस्यामा पार्ने संभावना हुन्छ । प्रसंशाका क्रममा निस्कने यस्ता अतिरञ्जित कुराहरूले कतिपय मान्छेमा अरुची पनि पैदा गरेको हुन्छ । बुद्धका सम्बन्धमा पनि अनेकौं भ्रमहरू पुस्तक तथा पत्रपत्रिकाहरूमा नै छापिन थालेपछि सर्वसाधारणमा मात्रै नभएर बौद्धिक जमातमा नै पनि अन्यौल तथा समस्या सिर्जना भएको छ । केही भ्रमलाई चिर्ने प्रयास ‘बुद्ध एक भ्रम अनेक’ पुस्तकमा भएको छ ।

मूल्यः १२५/-

Leave a Reply

Your email address will not be published. Required fields are marked *