मेराे अध्ययन र रूचीकाे एउटा अर्काे क्षेत्र हाे, संस्कृति । विभिन्न संस्कृतिकाे तुलनात्मक अध्ययन मेराे उद्देश्य हाे । यसबाट मानव संस्कृतिकाे विस्तृत र शूक्ष्म अध्ययन संभव हुन्छ भन्ने मेराे धारणा छ । यही अनुसार अध्ययन अनुसन्धान तथा लेखन र प्रकाशन कार्यले निरन्तरता पाइरहेकाे छ ।

हामी संस्कृतिका सम्बन्धमा धेरै कुरा गर्छाै तर अाअाफ्नाे कित्ताकाट गरेर त्यसलाई नै बुझ्न खाेज्छाैं । धेरै लामाे समयदेखि यही काइदाले संस्कृतिलाई बुझ्दै अाइरहेका हुँदा यही अनुसार संस्कृतिलाइ बुझ्न सायद सजिलाे भएकाे हाेला । तर सामान्य रूपमा मात्रै हेर्दा पनि एउटा संस्कृति अन्य कतिपय भूगाेल तथा समुदायकाे संस्कृतिसँग धेरेथाेरै मिलिरहेकाे हुन्छ । कसकाे प्रभाव कसमा पर्याे, कसरी पर्याे, किन पर्याे, कहिले पर्याे भन्ने प्रश्न कतिपयका लागि चासाेकाे विषय नहाेला तर संस्कृतिकाे अध्येतालाई यसले महत्व राख्छ । याे प्रश्नकाे जवाफ खाेज्दै जाँदा एकभन्दा बढी संस्कृतिकाे विकासक्रम देखापर्ने हुन्छ । कतिपय विलुप्त भइसकेका कुरा पुनः प्रकाशमा अाउने हुन्छ । यी कुराहरू भनेकाे मानव जातिले अार्जन गरेकाे ज्ञान हाे । मानव इतिहासलाई बुझ्ने सबैभन्दा भरपर्दाे माध्यम संस्कृति हाे । यही भएर पनि म संस्कृतिकाे तुलनात्मक अध्ययनतर्फ लागेकाे हुँ ।

इतिहास र संस्कृतिकाे कुरालाइ काेही काेही पछाैटे कुराका रूपमा पनि बुझ्छन् र नीचाे देखाएर कुरा पनि गर्छन् तर उनीहरू यसैकाे टेकाेमा उभिरहेकाे कुरा ठ्याम्मै भुल्छन् । समाज र सभ्यता भन्ने कुराकाे टेकाे इतिहास र संस्कृति नै हुन्छ । यसकाे महत्व बुझ्न सकेमात्रै मानव र मानव सभ्यतालाइ बुझ्न सक्षम हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *