गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्व बजारमा पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । गौतम बुद्धको जन्मस्थल भएकै कारण यो ऐतिहासिक स्थल भयो । विभिन्न कालखण्डका ऐतिहासिक साक्षीका रूपमा रहेको धरोहरका कारण यो पुराताìिवक स्थल पनि भयो । यो नै लुम्बिनीको विशिष्टता हो र विश्व बजारमा यस्ता स्थलहरू स्वतः विशिष्ट पर्यटकीय स्थल बन्छ ।

लुम्बिनीलाई ऐतिहासिक एवं पुराताìिवक स्थलका रूपमा मात्र सीमित नराखी विश्व बजारमा पर्यटकीय गन्तव्यका रूपमा पनि विकास गर्ने सोच बनाएपछि थुप्रै पक्षमा ध्यान दिनुपर्ने हुन्छ । पुरातìव र पर्यटन दुई अति नै संवेदनशील क्षेत्र हुन् । सोहीअनुसार व्यवस्थापन गर्न सकियो भने दूध र पानी जस्तो मिलन हुन्छ, नभए त्यसैलाई आगो र पानीको उपमा दिन सकिन्छ । लुम्बिनीका सम्बन्धमा थुप्रै यस्ता कुरा छन्, जसमाथि लामो बहस चलाउन सकिन्छ तर यहाँ हालै बौद्ध महिला सङ्घद्वारा आयोजित ‘लुम्बिनी र पर्यटन विकास’ विषयक एक दिने कार्यशाला गोष्ठीमा पर्यटनविद् एवं व्यवसायी कर्ण शाक्यद्वारा प्रस्तुत कार्यपत्रभित्र रहेको पीपलको बोटको प्रसङ्गमा केन्दि्रत रहेर केही चर्चा गरिन्छ ।

लुम्बिनीस्थित मायादेवी मन्दिरको पूर्वी छेउमा रहेको पीपलको जरा मन्दिर र अशोक स्तम्भसम्म फैलिएको र समयमै त्यसलाई नरोक्ने हो भने पुराताìिवक महìवमा असर पर्ने हुँदा सन् १९३३ तिर काटिएको थियो । कार्यपत्रमा लुम्बिनीको परिकल्पना गर्नासाथ ठूलो पीपलको बोट र मायादेवीको मन्दिर याद आउने गरेको र त्यस रूखको धार्मिक महìव रहेको उल्लेख छ । उक्त रूखको महìव बताउने क्रममा त्यसलाई ‘बोधिवृक्ष’ पनि भनिएको छ । रूख काटिएपछि वनस्पतिविद्हरूले त्यसबाट ‘टिस्यू कल्चर’ गरेर केही विरुवाहरू निकालिएको थियो र त्यसैबाट ‘थप विरुवा उत्पादन गरी बिक्रीवितरण’ तथा ‘उपहार’ प्रदान गर्न सकिने उपाय त्यसमा प्रस्तुत गरिएको छ । झट्ट सुन्दा पर्यटन प्रवर्द्धनमा गजबको उपाय र उत्साहजनक जस्तो देखिए पनि वास्तवमा यो कुरो होइन ।

मायादेवी मन्दिरको त्यो पीपलको रूखका बारेमा धेरैलाई के भ्रम परेको रहेछ भने सिद्धार्थ गौतमलाई मायादेवीले सोही रूखमुनि जन्माएको हो । यही भ्रमले अनाहकमा मान्छेहरूलाई संवेदनशील बनाइदियो र सो रूख काटिएको भनी अदालतमा मुद्दा हाल्ने काम समेत भयो । वास्तवमा त्यो पीपलको रूखले बुद्धको जन्म वा लुम्बिनीसँग कुनै सम्बन्ध राख्दैन । सिद्धार्थको जन्म पीपलको रूखमुनि नभई सालको रूखमुनि भएको थियो । चिनिया यात्री सेङ साई लुम्बिनीको भ्रमणमा आउँदासम्म उक्त साल जीवितै थियो -चौथो शताब्दीको पाण्डुलिपि) भने सन् ४०३ मा पुगेका अर्का चिनिया यात्री फाहियानले त्यस रूखका सम्बन्धमा उल्लेख गरेका छैनन् । यसरी नै सन् ६३७ अघि लुम्बिनी पुगेका चिनिया यात्री हुयनसाङले पोखरीभन्दा २४-२५ पाइला उत्तरतिर अशोक वृक्ष -बौद्ध ग्रन्थहरूमा साल र प्लाक्ष पनि भनिएको पाइन्छ) रहेको भन्ने उल्लेख गरेका थिए । उनको भ्रमणको बेलासम्ममा त रूख सुकिसकेको थियो । पछिल्लो पुराताìिवक उत्खनन्का क्रममा भेटिएको रूखको ‘फोसिल’ सोही उल्लिखित रूखको हुन सक्ने अनुमान छ ।

अब प्रश्न रहृयो, मायादेवी मन्दिरमा रहेको त्यो पीपलको रूख के हो त ? जसमाथि जनमानसमा यति ठूलो प्रभाव छ । ऐतिहासिक भनिएको त्यो पीपलको रूख काटिनु अघि नै पुरानो नभई नयाँ रहेको कुरा थाहा भइसकेको थियो । तत्कालीन जनरल केशर शमशेरको पहलमा लुम्बिनीको पुराताìिवक सम्पदाहरूको व्यापक संरक्षण कार्य भएको थियो । त्यस अघि अर्थात् सन् १९३३ तिर खिचिएको एउटा तस्वीरमा त्यहाँ कुनै पनि पीपलको रूख देखिन्नथ्यो । यसबाट बुझिन्छ, त्यहाँ पीपलको रूख उमि्रन थालेको त्यसपछि मात्रै हो । पीपल काटेर वृक्षवृत्त गणना गरी हेर्दा पनि अस्सीवटा मात्र पाइयो । तसर्थ यो करिब अस्सी वर्षअघि मात्र त्यहाँ उम्रेको देखिन्छ । यसकारण त्यस पीपललाई छब्बीस सय वर्ष अघिको ठान्नु र त्यसैको पछि लाग्नु उचित होइन ।

कार्यपत्रमा ‘बोधिवृक्ष’ भनेर मायादेवीले शिशुलाई जन्माउँदा समाएको रूखलाई चिनाइएको छ तर बौद्ध जगत्मा बोधिवृक्ष भन्नाले गयास्थित जुन रूखमुनि बसेर ध्यान गरी बुद्धत्व प्राप्त गरेका थिए त्यसलाई लिइन्छ । बौद्ध समाजमा बोधिवृक्षलाई अत्यन्तै महìव दिइन्छ । लुम्बिनीको वृक्षलाई पनि बोधिवृक्ष भनी प्रचार गर्दै हिँडेको पाइन्छ ।

पीपलको रूख बुद्ध धर्ममा एउटा साधारण वनस्पति मात्र हो, विशेष कुनै अर्थ छैन । टिस्यू कल्चरबाट उत्पादन गरिएको यो वनस्पतिलाई बुद्ध जन्मिएको बेलाको रूख भनेर बेच्नु हुँदैन । यो हालसालको मात्रै विवाद नभई रूख काटिँदादेखिको नै हो । साल वृक्ष र पीपल वृक्ष बीचको भेद छुट्याएर अथवा ऐतिहासिक विश्लेषण गरेर अघि बढ्नुपर्छ भन्दा ‘लुम्बिनीसम्बन्धी हरेक कुराको महìव हुने र पुरानो बुद्धकालीन नभए पनि मायादेवी मन्दिरबाट निस्किएको विरुवा भनेर दिँदा पनि भइहाल्छ नि’ भनेर अझै पनि जित्नेहरू पनि छन्् तर लुम्बिनीको प्रचारप्रसार गर्न भनेर अघि सारिएको यो उपाय राम्रो होइन । लुम्बिनीका लागि त्यस्ता सानातिना कुराको सहारा लिनु पर्ने अवस्था छैन, यस्ता कुराले झन् नकारात्मक असर पर्ने सम्भावना पनि हुन्छ । यस्ता प्रचार सामग्रीले गम्भीर र गुणस्तरका पर्यटकहरूलाई विचलित बनाउने हुन्छ । लुम्बिनीमा पर्यटकहरूलाई आकषिर्त गर्न त्यस्तो उपहारको पनि जरुरत देखिँदैन । बुद्धको जन्म, तीर्थस्थलको रूपमा उहिल्यैदेखि विकास र पुराताìिवक भण्डार नै लुम्बिनीको विशिष्टता हो । यति नै पर्यटकीय स्थलको रूपमा विकास गर्ने पर्याप्त आधार हुन् । प्रचार प्रसार र व्यवस्थापन मात्र गर्न सक्ने हो भने बौद्ध धर्मावलम्बीहरू तथा पर्यटकहरू आफैं आउनेछन् ।

(पहिलाे पल्ट गाेरखापत्र दैनिकमा २०१० मा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *