लेखन र पठनमा मलाई नियात्रा धेरै मन पर्ने विधा हाे । यही भएर नियात्राकाे पठन सँगसँगै लेखन पनि गर्दै अाइरहेकाे छु ।
विभिन्न ठाउँमा गरेका यात्राहरूलाइ नियात्राकाे रूपमा लेख्ने क्रममा सयभन्दा बढी रचना प्रकाशित नै भइसकेका छन् । नियात्राहरू नेपाली र नेपालभाषामा प्रकाशित छन् । नेपालभाषामा प्रकाशित हुने साप्ताहिक पत्रिका “नेपाः सः” ले नियात्रा मात्रै प्रकाशित गर्ने गरी एउटा स्तम्भ नै चलाउन भन्याे र मैले पनि सहर्ष स्वीकारे । नियात्रा मात्रै छापिने गरी साप्ताहिक स्तम्भ संचालन हुनु अाफैमा उल्लेख्य कुरा हाे । पछि नेपालभाषा साहित्य क्षेत्रमा नियात्रा लेखन विधामा याेगदान दिएकाे भनी मांभाय् पुचः नामकाे संगठनले “धर्मादित्य धर्माचार्य सिरपा” (पुरस्कार) प्रदान गर्याे ।
पुरस्कार वितरण एक अाैपचारिक समाराेहमा भएकाे थियाे । प्रमुख अतिथीका रूपमा लेखिका सुलाेचना मानन्धर धिताल अाउनु भएकाे थियाे । त्याे बेला उहाँ प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हुनुहुन्थ्याे । उहाँकाे हातबाट साे पुरस्कार ग्रहण गर्न पाउनु मेराे लागि एउटा ठुलाे अवसर पनि थियाे किनभने उहाँकाे साहित्य पढेर हुर्केकाे हुँ । साथै उहाँकाे ‘अर्काे गाेलार्ध्दका मान्छेहरू’ मलाई धेरै मन परेकाे नियात्रा पुस्तक हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *