२०४५ सालतिर म दरवार हाइस्कूलकाे विद्यार्थी थिएँ । प्रत्येक वर्ष बुद्ध जयन्तीका अवसरमा अन्तर हाइस्कूल बाैद्ध हाजिरी जवाफ प्रतियाेगिता हुन्थ्याे । याे वर्ष हाजिरी जवाफ प्रतियाेगिताकाे टीममा म पनि सहभागी भएँ । काठमाडाैं इतुंबहालमा अायाेजित यस प्रतियाेगितामा अाशातीत सफलता हासिल भएन तर तृतीय पुरस्कार प्राप्त भएकाे थियाे । पुरस्कार अानन्दकुटी विहारमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहबाट प्रदान गरिएकाे थियाे ।

अन्तर हाइस्कूल बाैद्ध हाजिरी जवाफ प्रतियाेगितालाइ सामान्य रूपमा लिइ विद्यालयकाे गतिविधि मात्रै पनि भन्न नसकिने हाेइन । तर याे गतिविधि मेराे लागि विशेष, जीवनकाे धार नै परिवर्तन गर्ने खालकाे बन्याे । अाजभाेलि म इतिहास, संस्कृति, पुरातत्व क्षेत्रकाे अध्ययन-अनुसन्धान तथा लेखनमा संलग्न छु, र त्यसमा पनि विशेषतः बाैद्ध अध्ययनमा केन्द्रित छु । बाैद्ध अध्ययनमा विशेषज्ञता हासिल गर्नुकाे अाधार भूमि वा प्रेरणा यही हाजिरी जवाफ प्रतियाेगिता हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *