नेपालमा सन् २००० मा सम्पन्न एक अन्तर्राष्ट्रिय पर्यटन इभेन्ट हाे, ट्रान्स हिमालय २००० । मे महिनामा तिब्बतबाट सुरू गरेकाे खेलकूद नेपालमा ताताेपानी नाकाबाट प्रवेश गरि तराईकाे जनकपुरमा टुंग्याई काठमाडाैंमा पुरस्कार वितरण गरेकाे थियाे।
फ्रान्सकाे एक पर्यटन तथा खेलकूद कम्पनी “द रेड गुलवाज” ले प्रत्येक वर्ष विश्वकाे एउटा नयाँ भूगाेलमा प्रतिस्पर्धात्मक खेलकाे आयाेजना गर्दछ । यसमा एक महिलासहित पाँच जनाकाे एक समूह हुन्छ र समूहहरू बीच प्रतिस्पर्धा हुन्छ । प्रस्थान विन्दूबाट एउटा निश्चित दूरीसम्म एक प्रकृतिकाे खेल वा प्रतिस्पर्धा हुन्छ भने त्यसपछि अर्कै खेलमा सहभागी हुनुपर्ने हुन्छ । यसका लागि उनीहरूलाइ सपाेर्ट टीमले पछ्याइरहेकाे हुन्छ । प्रतिस्पर्धाअवधिभर उनीहरूले दाैड, साइक्लिङ, र्याफ्टिङ, वाटर डक्कि, क्यानाेनिङ आदि खेलहरू गरेका थिए । याे आयाेजनाकाे एउटा विशेषता हाे, एक पल्ट आयाेजना भइसकेकाे देशमा पुनः आयाेजना गरिँदैन । र, याे आयाेजनाले उक्त भूगाेल वाह्य दुनियाँमा स्थापित गर्न मद्दत हुन्छ ।
ट्रान्स हिमालय २००० काे आयाेजनाकाे लागि गठित स्टेरिङ कमिटी मेम्बरमा म पनि थिएँ । कमिटीमा बसेर मैंले प्रमुख रूपमा आयाेजना सम्बन्धी संचार क्षेत्रकाे जिम्मेवारी सम्हालेकाे थिएँ । अायाेजनासम्बन्धी बर्ष दिनअघिदेखि नेपाली संचार क्षेत्रलाई आवश्यक जानकारीका साथै अन्य सहयाेग गर्ने र अन्तर्राष्ट्रिय संचार माध्यमलाई सघाउने काम गरें । इभेन्टमा ५०० खेलाडीकाे सहभागिता थियाे भने विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यममा संलग्न संचारकर्मीकाे संख्या ५०० भन्दा बढी थियाे । व्यवस्थापनका लागि स्वदेशी र विदेशी गरी अरू हजारभन्दा बढी जनशक्ति परिचालित थिए ।