गाैतम बुद्धसँग सम्बन्धित स्थलहरूमा पुनःनिर्माण कार्य थाेरै मात्र हुने गरेकाे पाइन्छ । लुम्बिनी, बाेधगया, सारनाथ र कुशीनगर मात्र हाेइन, वैशाली, श्रावस्ती, संकास्य, नालन्दा प्रायः स्थलमा पुरावस्तुहरू सार्वजनिक प्रदर्शनीमा राखिएका छन् । यी पुरातात्विक अवशेषकाे अाधारमा पुनः निर्माण गरेपनि हुन्छ नि भन्ने धारणा राख्नेहरू पनि छन् । जस्ताे रूपमा भेटियाे साेही रूपमा यथास्थानमा पुरातात्विक संरचनाहरू राखिनु पुरातत्व शास्त्रसम्मत छ । यति मात्र हाेइन, म थप्न चाहन्छु, यस्ताे गरिनु बाैद्ध दर्शनअनुसार पनि सही अभ्यास हाे ।
