
नेपाली पत्रकारिताकाे इतिहासमा पहिलाे प्रकाशन सुधासागर हाे भने पहिलाे दैनिक प्रकाशन अावाज हाे । यसरी नै पहिलाे सन्ध्याकालीन दैनिक पत्रिका विश्वभूमि रहेकाे छ । यस दैनिक पत्रिकामा सम्वाददाताकाे रूपमा प्रवेश गरी कार्यकारी सम्पादकसम्मकाे भूमिका निर्वाह गरियाे । हाल याे पत्रिकाकाे प्रकाशन बन्द छ ।
विश्वभूमि दैनिककाे प्रकाशन नेपालभाषाबाट हुन्थ्याे । अशाेक श्रेष्ठकाे सम्पादकत्वमा प्रकाशित याे दैनिकले पञ्चायत व्यवस्थाविरूद्ध भएकाे जनअान्दाेलनमा पत्रकारिताकाे माध्यमबाट अग्रणी भूमिका निभाएकाे थियाे । पत्रिकाकाे प्रकाशनदेखि म नियमित पाठक थिएँ । अरू पत्रिकामा अघिल्लाे दिनकाे समाचार छापिन्थ्याे भने यसमा साेही दिनकाे समाचार पढ्न पाइँदा नाैलाे अनुभव हुन्थ्याे । अान्दाेलनका क्रममा नेपाली भाषाका प्रायः पत्रिकामाथि प्रतिबन्ध लागिसक्दा पनि पंचायती सरकारकाे काेपभाजनमा नपर्नुकाे खास कारणा हाे, प्रेससम्बन्धी कानून र सरकारकाे रवैयालाइ ध्यानमा राखेर जनता र अान्दाेलनकाे पक्षमा निरन्तर समाचार तथा लेखहरू प्रकाशित गरिरहनु । सम्पादक श्रेष्ठले मलाइ पछि भनेअनुसार पत्रिकामाथि प्रतिबन्ध नलगाइयाेस् भनेर खुबै ध्यान दिनु परेकाे थियाे । अन्ततः जनअान्दाेलनसम्बन्धी याे समाचारकाे प्रमुख श्राेत यही पत्रिका बन्याे । गैर नेपालभाषीले पनि अन्दाजकाे याे पत्रिका पढी अान्दाेलनकाे समाचार प्राप्त गर्दथे । गैर नेपालभाषीले पनि बुझुन् भनेर यति बेला शब्द र भाषामा ध्यान दिइएकाे थियाे ।
तत्कालीन राजनीतिक दल नेकपा (माअाेवादी)ले जनयुद्ध थाल्दा म विश्वभूमि पत्रिकाकाे सम्वाददाता थिएँ । १ फागुन २०५२ बाट जनयुद्ध सुरू भएकाे थियाे । जनयुद्धकाे थालनीका सम्बन्धमा समाचार संकलन गर्नु थियाे तर सम्पूर्ण सम्पर्क सूत्रहरू काठमाडाैंबाट गायब भइसकेकाे थियाे । भूमिगत भएकाहरूकाे त कुरै भएन, खुल्ला रहेकाहरू बाेल्न मानिरहेका थिएनन् । सुरक्षाकाे सवाल पनि थियाे । केही समयपछि समाचार सूत्रहरूसँग सम्पर्क भयाे र समाचार प्राप्त गर्न सजिलाे भयाे । छापामार युद्ध गरेका जनसेनासम्बन्धी समाचार छापामार शैलीमै प्राप्त हुन्थ्याे र अाजभाेलि सम्झँदा पनि रमाइलाे अनुभव हुन्छ ।
विश्वभूमिमा मैले राजनीतिक समाचारबाहेक अन्य विषयवस्तुका समाचारहरूमा पनि काम गर्नु पर्दथ्याे । स्थलगत समाचार प्राप्त गर्नु मेराे शाैखकाे विषय थियाे । संसदीय सम्वाददाता पनि थिएँ । तर समयक्रममा समाचार संकलनबाहेक अन्य दायित्वहरू बहन गर्दै कार्यकारी सम्पादकसम्म हुनुपर्याे । पछि पत्रिकाकाे लगानीकर्ताहरूबीचकाे मनमुताबका कारण पत्रिका बन्द भयाे । पत्रिकाकाे प्रकाशन बन्द भएपछि म पर्यटनसम्बन्धी अन्तर्राष्ट्रीय कार्यक्रमकाे ट्रान्स हिमालय-२०२० मिडियाे हेर्ने जिम्मेवारी बहन गर्न पुगें । याे कार्यक्रमपछि स्पेसटाइम दैनिकमा अावद्ध हुन पुगेकाे थिएँ ।