नेपाली पत्रकारिताकाे क्षेत्रमा स्पेसटाइम दैनिककाे प्रकाशन त्याे बेला एक खालकाे हलचल थियाे । खलबल थियाे । पत्रिकाकाे स्थापनाकालदेखिकाे म सम्वाददाता थिएँ ।
पत्रिकाकाे समाचार प्रमुख थिए, अशाेक श्रेष्ठ । त्याे बेला समाचार संकलनमा बीट्काे प्रचलन अाइसकेकाे थियाे । समाचार प्रमुखलाइ राम्रैसँग थाहा थियाे, जनयुद्ध विषयमा म समाचार संकलन गर्न सक्छु । याे बीट्मा काम गर्नु एक खालकाे सुरक्षासम्बन्धी चुनाैतीसँग सामना गर्नु पनि थियाे भने अर्काेतर्फ प्रतिष्ठाकाे विषय पनि हुन्थ्याे । म जनयुद्ध बीट् नै लिन चाहन्थें तर यस्ताे चाहना राख्नेहरूकाे कमी त्यहाँ थिएन । कुरा गरेर सम्पादक तथा प्रकाशकलाइ प्रभावित पार्न सक्नेहरूबीचमा नै प्रतिस्पर्धा भइरकेकाे अवस्थालाइ ध्यानमा राखेर हुनुपर्छ समाचार प्रमुखले मलाइ याे बीट् नदिएकाे मात्रै नभएर छेउछाउसम्म पनि पर्न दिएनन् । ज्यादा जसाे सफ्टन्यूजमा नै अलमल्याइ दिए । तर अाफू अपडेट हुनकै लागि पनि माैका पाउनासाथ जनयुद्ध तथा माअाेवादी गतिविधिलाइ नजिकबाट नियाल्ने तथा सम्पर्कमा गइराख्थें । यसअघिकाे पत्रिकामा म जनयुद्धसम्बन्धी समाचार लेखनमा नै संलग्न भएका कारण पहुँच थियाे । अाफ्नाे समाचार श्राेतकाे प्रदर्शन गरेर हिड्ने कुरा पनि भएन । स्पेस टाइम दैनिकमा सक्रीय हुन पाइँन । अन्य विषयवस्तुकाे समाचार संकलनका लागि म बुटबलमा छँदा पाल्पा जिल्ला जनसरकार गठन गर्न लागेकाे थाहा पाएर स्थानिय पत्रकारहरूकाे समूहमा मिसिएर त्यहाँ पनि पुगेकाे थिएँ ।
घुमिराख्ने, ट्रान्स हिमालय-२०२० काे अनुभव तथा सम्पर्क र अन्य कारणले मेराे क्षमता पर्यटन क्षेत्रमा पनि थियाे । स्पेसटाइम दैनिकमा मेराे प्रमुख बीट पर्यटन पनि थियाे । बीट्मा सीमित हुनु हुँदैन भन्ने मान्यता बाेकेर हिड्ने भएर हाेला, म धेरै छरिएँ र अाफूलाइ सक्रिय पारें । भागदाैड गर्नु पर्ने तथा दंगाफसादकाे समाचार संकलनमा पनि लाग्थें । काठमाडाैंमा भएकाे रितीक राेशन काण्ड हाेस् वा राजदरबार हत्याकाण्ड, लामाे समयसम्म भागदाैडका घटनाहरूकाे समाचार संकलन कार्यमा सरिक हुँदै गरें । यस्तै विभिन्न अान्दाेलनका क्रममा हुने प्रहरीसँगकाे मुठभेडकाे समाचार संकलनमा पनि अाफै पुग्थें । यसरी नै समाजमा हुने सामाजिक गतिविधिहरू जनजाति, दलित, मुक्त कमैयाकाे इस्यूमा धेरै मात्रामा लागियाे ।
ती दिनहरू निकै रमाइला थिए ।