लामाे समयदेखि पत्रकारितामा संलग्न रहेपनि अाफ्रनाे साेचअनुसार काम गर्न पाएकाे थिएन । यसका लागि एउटै उपाय रह्याे, पत्रिकाकाे प्रकाशन अाफै किन नगर्ने ? यही अनुसार एउटा मासिक म्यागेजिनका रूपमा दर्ता गरियाे, डिस्कभरी । प्रकाशनका काम हुँदै गर्दा अनेक बाधाहरू अाइपर्याे । कामलाइ अगाडि बढाउन सकिएकै हाेइन । यसै बीच ट्रायलका रूपमा अर्काे म्यागेजिन चलाउने र त्यसकाे अनुभवबाट डिस्कभरी लाइ अगाडि बढाउने गरी हसना म्यागेजिनकाे प्रकाशन सुरू भयाे । सुरूमा याे सबै विषयवस्तु समेट्ने गरी प्रकाशन गरिएकाे भएपनि पछि महिला विषयवस्तुमा केन्द्रित हुन पुग्याे । २०७२ सालकाे भूकम्पबाट हामी निकै मात्रामा प्रभावित भयाैं र ९८ अंकभन्दा अगाडि बढ्न सकेनाैं । साथै डिस्कभरीकाे सपना पनि माेडेल म्यागेजिनभन्दा अघि बढ्रन सकेन, सपना नै रह्याे ।
