हसना म्यागेजिन सुरूमा सबै विषयवस्तु समेट्ने गरी प्रकाशन भएपनि बीचमा अाएर याे मूलतः महिला म्यागेजिनकाे रूपमा रूपान्तरित भयाे । महिला म्यागेजिन भनेर प्रायः सिंगार पटार र हल्काफुल्का विषयवस्तुकाे म्यागेजिन भनेर बुझ्ने चलन भएकाेमा हसनाकाे प्रकाशन उक्त बुझाइबाट सर्वथा पृथक रह्याे । यसले समेट्ने विषयवस्तु व्यावसायिक महिला, उदाहरणीय महिला व्यक्तित्व, समसामयिक मुद्दा, महिला हक र अधिकार हुन्थ्याे । अमिका राजथलाकाे सम्पादकत्वमा प्रकाशित यस म्यागेजिनमा म प्रबन्ध सम्पादक थिएँ । हसना म्यागेजिन ९८ अंकसम्म प्रकाशित भएर अन्ततः राेकियाे ।
