साहित्य क्षेत्रमा मेराे प्रवेश कहिलेबाट भयाे ? साहित्यकाे  नाममा केही लेख्ने अभ्यास गरेदेखि मान्ने हाे भने अलि पहिल्यैदेखि मान्नुपर्ने हुन्छ । तर त्यही रचनालाई प्रतियाेगितामा पठाई प्रतिस्पर्धा गरी पुरस्कार जितेकाे २०४४ वि.सं मा  पराेपकार आदर्श माध्यमिक विद्यालयमा कक्षा आठमा पढ्दै हाे । २९ अाैं अन्तर माध्यामिक विद्यालय साहित्य सम्मेलनमा सहभागी भएकाे थिएँ । साे सम्मेलनमा मैले लेखेकाे भाग्य शीर्षककाे कथाले प्रथम पुरस्कार प्राप्त गरेकाे थियाे । त्यसकाे ठिक अघिल्लाे वर्ष अर्थात् २८ अाैं अन्तरमाध्यामिक विद्यालय साहित्यसम्मेलनमा कथा विधामा मेराे दाजुले पुरस्कार जित्नु भएकाे थियाे । त्याे बेला दाजु साहित्यकाे अध्ययन र रचना कसरी गर्नु हुन्थ्याे भन्ने कुरा नजिकबाट देख्न पाएकाे मात्रै हाेइन, कसरी पढ्ने र कसरी लेख्ने भनेर मलाई सिकाउनु हुन्थ्याे पनि । दाजु पुरस्कृत भएपछि म पनि निकै मात्रामा उत्प्रेरित भएकाे थिएँ । अर्काे वर्ष दाजुले विद्यालय अध्ययन सकाउनु भयाे र  प्रतियाेगितामा म पनि सहभागी भएँ । कथालाई प्रतियाेगितामा पठाउनुअघि दाजुबाट मेराे रचनाले केही परिमार्जित हुने माैका पनि पाएकाे थियाे । म पुरस्कृत भएकाे र पुरस्कारमा साहित्यका विभिन्न पुस्तकहरू देखेर दाजु धेरै खुसी हुनु भयाे । त्यसपछि साहित्य रचनामा म अझ उत्प्रेरित मात्रै भइनँ, भविष्यकाे लागि गाेरेटाे मात्रै काेरिएन, राजमार्ग नै भेटाउन पुगें । जसरी बाैद्ध अध्ययनकाे क्षेत्रमा अन्तर माध्यामिक विद्यालय बाैद्ध हाजिरी जवाफ प्रतियाेगिता मेराे लागि प्रवेशद्वार भयाे त्यसरी नै लेखन क्षेत्रमा अन्तर माध्यामिक विद्यालय नेपालभाषा साहित्य सम्मेलन अर्काे प्रवेशद्वार साबित भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *