लुम्बिनीको ऐतिहासिक गहिराइ र पुरातात्त्विक महत्त्व जति बुझ्छौं, उति नै हाम्रा लागि, भावी सन्ततिका लागि र संसारका लागि गर्वका रूपमा रहने त छ नै, शान्तिको प्रतीकका रूपमा पनि प्रतिबिम्बित भइरहनेछ।
Category: Archaeology
ज्ञानविज्ञानका अनेकाैं क्षेत्रमध्ये एक हाे, पुरातत्त्व । पुरातत्त्व दुई बेग्लाबेग्लै शब्द मिलेर बनेकाे एउटा शब्द हाे, अर्थात्, पुरा र तत्त्व । पुराकाे अर्थ हाे, पुरानाे, अनि तत्वकाे अर्थ हाे ज्ञान । अर्थात्, पुरानाे वा पुरातन कुराकाे अध्ययन गर्ने विज्ञान नै पुरातत्व हाे । पुरातत्त्वकाे अङ्ग्रेजी पर्यायवाची ‘आर्कियाेलाेजी’ हाे । यूनानी भाषाका दुई शब्द ‘आर्कियाेस’ (Archaios) र ‘लाेगाेस’ (Logos) मिलेर बनेकाे हाे । आर्कियाेसकाे अर्थ पुरातन र लाेगाेसकाे अर्थ ज्ञान हाे । यसअनुसार ‘आर्कियाेलाेजी’ काे अर्थ पनि पुरानाे ज्ञानकाे अध्ययन नै हुन्छ । व्यवस्थित शास्त्रकाे रूपमा पुरातत्वकाे विकास भएकाे अठाराैं शताब्दीमा पाश्चात्य जगतबाट भएकाे हाे भने भारतीय भूमिमा ब्रिटिश साम्राज्यकाे विकाससँगै भयाे । नेपालमा यसकाे प्रवेश भारतमार्फत बेलायतबाट भएकाे हाे ।
नेपालमा पुरातात्विक अध्ययन प्राचीन बाैद्ध स्थलहरूकाे खाेजी गर्ने क्रममा भयाे । भारतस्थित पुराविदहरूकाे खाेजी गाैतम बुद्धकाे जन्मस्थल थियाे । बुद्धसँग सम्बन्धित विभिन्न ठाउँहरूकाे प्राप्ती एकपछि अर्काे हुँदै थियाे र अनेकाैं ठाउँमा प्राचिन लु्म्बिनी हुनसक्ने अनुमान गरि अध्ययन भइरहेकाे थियाे । केही सुचनाका अाधारमा लुम्बिनीकाे खाेजी गर्दै सन् १८९५ मा डा. ए. फूहरर नेपाल सरहदमा पर्ने निगलीहवा भन्ने ठाउँमा अाइपुगे । उनले त्यहाँ अशाेक स्तम्भ र त्यसमा रहेकाे अभिलेख देखे । साे अभिलेखकाे अाधारमा प्राचिन शाक्य गणराज्यकाे पहिचान भयाे । उक्त गणराज्यकाे राजधानी कपिलवस्तु हाे । यही कपिलवस्तु गाैतम बुद्धकाे गृहनगर हाे । यदि निगलीहवा कपिलवस्तु हाे भने, अब स्पष्ट भयाे, याे क्षेत्रभन्दा पश्चिम निश्चित दूरीमा बुद्धकाे जन्मस्थल लुम्बिनी पर्दछ । अर्काे साल डा. फूहरर पुनः लुम्बनीकै खाेजीमा नेपाल सरहद पसे । त्यहाँ अभिलेखसहित अशाेक स्तम्भ भेटिए अर्थात् विश्वका लागि लुम्बिनीकाे डिस्कभरी भयाे । त्यसपछि लुम्बिनी र कपिलवस्तु मात्रै नभएर अन्य ठाउँहरूकाे पनि अध्ययन तथा उत्खनन् भयाे । यही अध्ययनका लागि पुरातत्व विभाग पनि स्थापना गरियाे । पछि त्रिभुवन विश्वविद्यालयमा नै आैपचारिक शिक्षा नै सुरू भयाे । मैले पुरातत्वकाे अध्ययन यही विश्वविद्यालयबाट गरेकाे हुँ भने, मास्टर्सका लागि शाेधकार्य लुम्बिनीकाे पुरातात्विक उत्खननका सम्बन्धमा नै गरेकाे हुँ । पछि साे शाेधकार्य पुस्तकका रूपमा प्रकाशित भयाे । लुम्बिनीलगायत अन्य क्षेत्रकाे पुरातत्त्वका सम्बन्धमा अध्ययन तथा लेखन कार्य आजभाेलि सक्रीय छु ।
हामी इतिहासकाे कुरा धेरै गर्छाैं, तर इतिहासलाइ पनि ठाेस रूपमा प्रमाणित गर्ने काम पुरातत्व विज्ञानले गरेकाे हुन्छ । विभिन्न विज्ञानकाे सहायताले पुरातत्व शास्त्रले अाफ्नाे अध्ययन कार्य अगाडि बढाउने हुन्छ ।
भव्य नगरकाे भग्नावशेष
यथास्थानमा पुरातात्विक संरचनाहरू राखिनु बाैद्ध दर्शनअनुसार पनि सही अभ्यास हाे ।
लुम्बिनीकाे पुरातत्व
गाैतम बुद्ध (इ.पू. ५६३-४८३) काे जन्मस्थल लुम्बिनी के हाे, कसाे हाे, पुरातात्त्विक अध्ययन अनुसन्धानमा यसकाे खाेजी कसरी भयाे र कुन […]
पुरातत्वकाे दुनियाँमा
इतिहासलाइ पनि ठाेस रूपमा प्रमाणित गर्ने काम पुरातत्व विज्ञानले गरेकाे हुन्छ
लुम्बिनी-कपिलवस्तु उत्खनन् : के खोजेको?
नेपालमा पुरातात्विक अध्ययन तथा उत्खननको शुरुआत सन् १८९५ मा निग्लिहवा (कपिलवस्तु) र अर्को वर्ष लुम्बिनीमा अभिलेखसहितको अशोक स्तम्भ प्राप्तिलाई मान्नुपर्छ। […]