कुनै समय एक समृद्ध र पहिचानयुक्त वस्ती थियो, धुलिखेल वरिपरीकै कुनै एउटा गाउँ । इतिहासका आरोह-अवरोहहरुलाई मूक दर्शक भई हेर्दै […]
Category: Literature
साहित्य मलाइ असाध्यै मनपर्ने क्षेत्र हाे । याे मेराे सबैभन्दा पुरानाे क्षेत्र पनि हाे । स्कूल पढ्दादेखि कविता तथा कथा लेखनमा लागेकाे थिएँ भने यस क्रममा विभिन्न प्रतियाेगितामा सहभागी हुने तथा पुरस्कृत हुने भने भइयाे । याे क्रम क्याम्पस पढ्दा र त्यसपिछका दिनहरूसम्म पनि चालु नै थियाे ।
साहित्य क्षेत्रमा मेराे क्रियाकलाप सिर्जनामा मात्रै सीमित थिएन । साहित्यसम्बन्धी सैद्धान्तिक ज्ञान हासिल गरेर चिन्तन-मनन गर्नुका साथै विभिन्न बहसमा पनि सहभागी भइयाे । विभिन्न साहित्यिक समूह गठन गरी सांगठनिक रूपमा पनि सक्रीय भइयाे । केही रचना अन्य भाषामा अनुवाद भएका पनि छन् । तर मेराे सिर्जना विशेषतः नेपालभाषाा र नेपालीमा नै केन्द्रित रह्याे ।
समय क्रममा अन्य विषयक्षेत्रमा लाग्नु पर्दा याे क्षेत्रमा अलि शिथिलता अाएकाे छ । तर भन्नै पर्ने कुरा हाे, अहिले म जुन विषय क्षेत्रहरूमाा संलग्न छु, त्यसका लागि साहित्यकाे पठन तथा लेखनले बलियाे अाधार दिएकाे छ । साहित्यिक लेखनमा लाग्न नसकेपनि पठनमा भने छु नै । कहिले काहीँ साथीभाइबीच हुने साहित्यिक अन्तर्क्रियामा सहभागी हुन्छ, साहित्य माथि टिप्पणी पनि लेख्छु । साथै बेला बेलामा कविता काेर्ने काममा रूकावट अाएकाे छैन, भलै नछापियाेस् ।
फूलको आँखामा काँडाको संसार
‘फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार’ –नेपाली सांगीतिक क्षेत्रमा चर्चित एवं लोकप्रिय गीतको पङ्ति हो । अति भावुक […]