Skip to content
Menu
Basanta Maharjan
  • HOME
  • About Me
    • Buddhist Studies
    • Culture
    • Archaeology
    • Photography
    • Journalism
    • Tourism
    • History
    • Literature
  • Publications
    • Articles
    • Books
      • About Book
      • News
      • Review
      • Book Shop
  • Media Coverage
    • Print
    • Visual
  • Photo Gallery
  • Awards
  • Support
Basanta Maharjan

Category: About Book

बुद्ध विमर्श

Posted on June 5, 2022May 1, 2023 by admin

गौतम बुद्धको दैनिक जीवन चर्या कस्तो थियो ? उनका गुरु को थिए अथवा थिएनन् ? कसरी बोधि लाभ गरी बुद्ध बने ? बुद्धसँग भिक्षु बन्ने पहिलो र अन्तिम व्यक्ति को थिए ? पहिलाे र अन्तिम बन्नुकाे कारण के थियाे ? बुद्धसँग के कस्ता खुबीहरु थियो ? बुद्ध भनेकैं के हो ? के कस्ता हुन्छन् आदि…

+

बौद्ध दर्शन सहज चिन्तन

Posted on September 27, 2021May 1, 2023 by admin

जीवन दर्शनका कुराहरु सामान्यतः दुर्बाेध्य र क्लिष्ट भाषा शैलीमा हुने बुझाई पाइन्छ । तर ‘बौद्ध दर्शन सहज चिन्तन’ पुस्तक सर्वसाधारणलाई ध्यानमा राखी लेखिएको हो । बौद्ध दर्शनका मूलभूत पक्षलाई सरल र सहज भाषा शैलीमा प्रस्तुत गरिएको यस पुस्तकमा दर्शनका साथै व्यावहारिक जीवनलाई बौद्ध दर्शनको कसीमा व्याख्या गरिएको छ । बौद्ध धर्मदर्शनको मूलभूत मान्यताको रूपमा लिइने…

+

उत्तरी नेपालमा बाैद्ध धर्म

Posted on June 10, 2021May 2, 2023 by admin

उत्तरी नेपालमा प्रचलित बौद्ध धर्मलाइ तिब्बती बौद्ध धर्म पनि भनिन्छ । तिब्बतमा विकास भएकाे बाैद्ध धर्म नै नेपालकाे उत्तरी क्षेत्रमा अाएकाे र परम्पराहरू उतैकाे भएका कारण तिब्बती बाैद्ध धर्म भन्नुमा अन्यथा लिनु पर्दैन । तर उत्तरी नेपालमा प्रचिलत बाैद्ध धर्म वा अभ्यासमा स्थानियता पनि पाइन्छ जसकाे अध्ययन हुनु पर्दछ । तिब्बतबाट अाएका भएपनि कतिपय कुरा …

+

बुद्ध र मानव अधिकार

Posted on June 10, 2021May 1, 2023 by admin

मानव अधिकार अाधुनिक विश्वका लागि नाैलाे अवधारणा र अभ्यास हाे । मानव अधिकारकाे अभावमा मानवले प्रतिष्ठापूर्ण जीवन विताउन सक्दैन । तर मानव अधिकार नै भनेर उल्लेख नपाइए पनि गाैतम बुद्धका उपदेशहरू मानवअधिकारकाे अवधारणासँग नजिक रहेकाे पाइन्छ । मानव अधिकारकाे अवधारणा तथा यससँग सम्बन्धित घाेषणापत्र, महासन्धी, अालेख तथा अन्य कुराहरूकाे चर्चा गर्दै ती सँग बाैद्ध विषयवस्तुकाे…

+

खश साम्राज्य र बाैद्ध धर्मकाे उत्थान र पतन

Posted on June 10, 2021September 24, 2022 by admin

पश्चिम नेपालकाे कर्णाली क्षेत्रस्थित सिंजा उपत्यकालार्इ राजधानी बनार्इ र्इशाकाे बाह्राैं शताब्दीमा तिब्बतकाे खारी प्रदेशका राजा नागराजले स्थापना गरेकाे खश साम्राज्य धार्मिक रूपमा मूलतः बाैद्ध साम्राज्य थियाे । पहिले नै बाैद्ध धर्मकाे प्रवेश भइसकेकाे खशान क्षेत्रमा खश साम्राज्य स्थापनापछि बाैद्ध धर्मले धेरै मात्रामा उन्नति गरेकाे थियाे । तर चाैधाैं शताब्दी अाइपुग्दासम्ममा याे साम्राज्यकाे विघटन हुनुका साथै…

+

बुद्ध एक भ्रम अनेक

Posted on June 10, 2021September 24, 2022 by admin

कुनै पनि व्यक्ति जब समष्टिका लागि महत्वपूर्ण हुन्छन्, उनका बारेमा विभिन्न थरीका कथाकहानी तथा किम्बदन्ती तथा लोकोक्तिहरूको सिर्जना हुन थाल्छन् । अनि मान्छेहरू उनका बारेमा बढाइचढाइ कुरा गर्न थाल्छन्, जुन नौलो होइन । यसबाट वास्तविकता ओझेलमा पर्ने मात्रै नभएर विकृति नै बढाइदिने र समस्यामा पार्ने संभावना हुन्छ । प्रसंशाका क्रममा निस्कने यस्ता अतिरञ्जित कुराहरूले कतिपय…

+

बुद्ध र महिला

Posted on June 10, 2021September 24, 2022 by admin

बुद्धकालिन समयमा महिलाप्रतिको धारणा भन्नु र महिलाप्रति बुद्धको धारणा भन्नु एउटै कुरा होइन । वैदिक मान्यताअनुसार समाजमा महिलाको स्थान बेग्लै थियो र वैदिकहरू त्यसको औचित्य साबित गर्न खोज्दथे । बुद्ध पनि सुरुमा महिलालाई प्रव्रज्या दिने पक्षमा थिएनन् तसर्थ महिलालाई भिक्षुणी नबनाई भिक्षु संघको मात्रै संचालन गरिरहेका थिए । तर पछि महिला वर्गको व्यापक दवावका कारण…

+

गन्तव्य लुम्बिनी

Posted on June 10, 2021September 24, 2022 by admin

गाैतम बुद्धसँग सम्बिन्धत स्थलहरू एेतिहासिक तथा पुरातात्विक महत्वका छन् । बाैद्धहरू यी स्थलमा पुगी श्रद्धा व्यक्त गर्न पाउँदा पुण्य कमाएकाे अनुभूति गदर्छन् । साथै यी स्थलहरू पर्यटकीय गन्तव्य पनि हुन् । तसर्थ यी ठाउँहरूमा बाैद्ध मात्रै पुग्नु पर्दछ भन्ने छैन । र, संसारभरका गैर बाैद्धहरू यी ठाउँमा भ्रमणा गरेर ज्ञान अार्जन गर्दछन् । नेपालस्थित बुद्धसँग…

+

बुद्धकाे आत्मकथा

Posted on June 10, 2021May 1, 2023 by admin

प्रथम पुरूष शैलीमा बुद्ध अाफैले अाफ्नाे बारेमा बाेलेका र छरिएर रहेका ती सामग्री संकलन तथा अनुवाद गरी बुद्धकाे अात्मकथा प्रस्तुत गरिएकाे हाे ।

+

गौतम बुद्ध

Posted on June 10, 2021September 24, 2022 by admin

बुद्धको जीवनी मात्र थाहा पाउँदा पनि धर्मका धेरै कुराहरू थाहा पाइने हुन्छ । यही भएर मान्छेहरू बुद्धको जीवनी पनि पढ्न मन पराउँछन् । बुद्धका जीवनी पुस्तकहरू धेरै थरीका प्रकाशित छन् तर सबैले एउटा विवरण दिएको पाइँदैन । कसैले अलौकिक पक्षमा जोड दिएका छन् भने कसैले जनमानसलाई रोचक हुने कुराहरू पस्कने क्रममा अन्य चरित्रका कुराहरू बुद्धसँग…

+
  • 1
  • 2
  • Next

Search

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू. ३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. १२५/-
बुद्ध र महिला
मूल्य रू. १५०/-
बुद्धकाे अात्मकथा
मूल्य रू. ६०/-
गाैतम बुद्ध
मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
मूल्य रू.६००/-

काठमाडाैंमा पुस्तक पाइने मुख्य पसलहरू

Basanta Maharjan
maharjan_basanta@yahoo.com
Mobile No. 9841453487

©2023 Basanta Maharjan | Powered by WordPress & Superb Themes