Skip to content

Basanta Maharjan

  • Home
  • About Me
    • Buddhist Studies
    • Culture
    • History
    • Archaeology
    • Tourism
    • Journalism
    • Literature
    • Photography
  • Activities
    • Articles
    • Media Coverages
    • Awards
    • Photo Gallery
  • Books
    • on book
    • Book Review
    • Book Shop
  • Blog
  • Support

Category: Tourism

विभिन्न ठाउँमा पुग्नु, त्यहाँका बारेमा जानकारी लिनु र त्यसमाथि चिन्तन मनन गरेर ज्ञान हासिल गर्नु तथा लेख्नु अाफ्नाे काम नै हाे । अध्ययनअनुसन्धान तथा लेखनका लागि विभिन्न ठाउँकाे भ्रमण प्रायः अनिवार्य नै छ। याे काम मलाइ असाध्यै मन पर्छ पनि । यही भएर यात्रा तथा पर्यटन बराेबर गरिरहेकाे हुन्छु । भ्रमण मेराे व्यक्तिगत शाेख पनि भएका कारण यी कुराहरू एकअापसमा परिपूरक भइरहेका छन् । यस क्रममा मैलै विभिन्न ठाउँकाे यात्रा पटक पटक गरेकाे छु र त्यसलाइ अाफ्नाे अध्ययनअनुसन्धान तथा लेखनमा पर्याप्त मात्रामा उपयाेग गरेकाे छु ।

पर्यटनलाइ म मनाेरञ्जनका रूपमा सीमित दृष्टिकाेणले मात्रै हेर्दिनँ । यसरी नै पर्यटन क्षेत्रलाइ म अार्थिक उपार्जन गर्ने सपाट उद्याेगका रूपमा मात्रै हेर्दिन । अार्थिक विकासमा यसकाे महत्वपूर्ण भूमिका रहेकाे र विकासका लागि यसकाे विकास गर्नु पर्ने कुरा सही हाे तर यसले थप अन्य अर्थ पनि बाेक्छ । पर्यटन ज्ञान विज्ञानकाे एउटा उर्वर क्षेत्र पनि हाे । एेतिहासिक, सांस्कृतिक, पुरातात्विक, सामाजिक तथा प्राकृतिक अनेक सम्पदाकाे अाकर्षण बिना पर्यटन क्षेत्र अगाडि बढ्न सक्दैन । यसले समाज तथा देशकाे पहिचानकाे प्रचार प्रसारमा पनि मनग्य याेगदान दिइरहेकाे हुन्छ । पर्यटन उद्याेगकाे अभावमा पनि यी क्षेत्रकाे संरक्षण तथा सम्वर्धनमा राज्य तथा अन्य क्षेत्रले ध्यान पुर्याउनु पदर्छ । पर्यटन क्षेत्रका लागि यी सम्पदाहरूले जसरी महत्वपूर्ण भू्मिका निर्वाह गरिरहेकाे छ, त्यही रूपमा यी पक्षहरूका लागि पर्यटन उद्याेगले अार्थिक भार बहन गर्नुमा अन्यथा लिनु हुँदैन ।

म व्यक्तिगत तथा सामुहिक रूपमा यात्रा गरिरहने तथा पर्यटनमा रमाउने मान्छे त हाे नै, साथसाथै नयाँ पर्यटकीय क्षेत्रकाे खाेजी गर्ने तथा त्यसकाे विकासका लागि अध्ययन अनुसन्धान पनि गर्दछु । यस क्रममा ती क्षेत्रहरूकाे लेखन पनि गर्दछु । पर्यटकीय गन्तव्य र यस उद्याेगका सम्बन्धमा मात्रै हाेइन, म अाफ्नाे यात्राका सम्बन्धमा नियात्रा लेख्ने नियात्रा लेखक पनि हुँ । अहिलेसम्म १०० भन्दा बढी नियात्राहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भइसकेका छन् । म नियात्रा लेखनकाे कार्यशाला पनि चलाउँछु । नेपालभाषा वाङ्मयमा नियात्रा लेखन विधामा याेगदान पुर्याएबापत धर्मादित्य धर्माचार्य पुरस्कार प्राप्त गरिसकेकाे छु ।

मैले नेपालका ५० भन्दा बढी जिल्लाहरू हिडेरै घुमेकाे छु । जहाँ पनि गएकाे छु, प्रायःकाे अभिलेखन गरेकाे छु । यस क्रममा ठुला साना गरी थुप्रै लेखहरू लेखेर प्रकाशित गरेकाे छु वा अन्य लेख तथा पुस्तकहरूमा पनि मेरा ती भ्रमणहरूकाे प्रभाव परेकाे छ । अबका दिनमा पहिले पुगिसकेका र नयाँ ठाउँहरूमा पनि व्यापक रूपमा भ्रमणा गर्ने याेजना बनाएकाे छु। यसरी भ्रमणा गर्दा मेराे ध्यान प्राकृतिक साैन्दर्यमा मात्रै नभएर त्यहाँकाे सामाजिक, सांस्कृतिक, एेतिहासिक पक्षमा पनि ध्यान दिएकाे हुन्छु । जे छ त्यसलाइ हेर्ने मात्रै नभएर अाफ्नाे विषयविज्ञताअनुसार अध्ययन पनि गर्ने भएका कारण कतिपय कुराकाे खाेजी तथा डिस्कभरी पनि भइरहेकाे हुन्छ । र, ती जम्मै कुरालाइ म लेखनमार्फत सार्वजनिकरण गरिरहेकाे हुन्छु ।

ट्रान्स हिमालय- २०००
Tourism

ट्रान्स हिमालय- २०००

ट्रान्स हिमालय २००० काे आयाेजनाकाे लागि गठित स्टेरिङ कमिटी मेम्बरमा म पनि थिएँ

June 16, 2021October 16, 2021By बसन्त महर्जन0 mins read
पर्यटन विकासमा लुम्बिनी र भ्रम
Tourism

पर्यटन विकासमा लुम्बिनी र भ्रम

बौद्ध जगत्मा बोधिवृक्ष भन्नाले गयास्थित जुन रूखमुनि बुद्धत्व प्राप्त गरेका थिए त्यसलाई लिइन्छ ।

June 10, 2021June 16, 2021By बसन्त महर्जन1 min read
देश चिनाउने आन्तरिक पर्यटन
Tourism

देश चिनाउने आन्तरिक पर्यटन

कोरोनाको कहरमा नेपालमा पनि धेरै कुरा बदलिएको छ । ढलमलिँदो पर्यटन उद्योग त धराशयी नै भयो । यो उद्योग अब […]

June 10, 2021June 11, 2021By बसन्त महर्जन0 mins read
कोरोनापछि आन्तरिक पर्यटन
Tourism

कोरोनापछि आन्तरिक पर्यटन

आन्तरिक पर्यटकबाट बाह्य पर्यटकसँग जस्तै सेवा शुल्कको अपेक्षा राख्नु हुँदैन

June 10, 2021June 14, 2021By बसन्त महर्जन0 mins read

Copyright © 2021 | All Rights Reserved. BlogJr by Shark Themes